www.tandavnews.com
Fact ~ In search of truth

पोखराका होटललाई ‘पे­आइशोलेशन’ बनाउने तयारी

पोखरा ।

कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुन सक्ने जनाउँदै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइशोलेशन’का रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।

महानगर प्रमुख मानबहादुर जिसीले लक्षणविना सङ्क्रमण देखिएका र अस्पताल लानुपर्ने अवस्था नभएका संक्रमित पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने ‘पे­आइशोलेशन’का लागि होटल प्रयोग गर्न सकिने बताए ।

Batas

उनका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शै्याको आइशोलेशन वार्डका रुपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे आइशोलेशन’का रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ ।

उनले हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको र करिब चार सय जनाले यसको सुविधा लिएको जानकारी दिए । ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजारसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताए।

पोखरा महानगरले कृषि तालिम केन्द्र, मालेपाटन, पदम नसिर्ङ्ग होम, लेकसिटी ब्लक बी र ¥यालेचौर बेंसी क्वारेन्टिन गरी अहिलेसम्म २२३ शै्याको चार क्वारेन्टिन सञ्चालन गरेको छ । ती क्वारेन्टिनमा बस्न सकिने एक हजार २२७ जनामध्ये हाल जम्मा ७० जनामा मात्र छन् भने अरु घर फर्किसकेका छन् ।

महानगरको क्वारेन्टिनमा विशेषगरी घरमा बस्ने वातावरण नभएको र होटलमा बस्ने आर्थिक अवस्था नभएकाहरु राखिने गरेको महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेव अर्जुन क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहनेहरुका लागि महानगरको सहकार्यमा पोखराका २४ होटलले सो सुविधा उपलब्ध गराएका छन् । त्यसैगरी महानगरले बुद्ध हस्पिटल नदीपुरमा महिलाका लागि पनि छुट्टै ५० शै्याको क्वारेन्टिन सञ्चालन गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दुई भेन्टिलेटर र ११ आइसियु शै्या छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार हालसम्म ३९ हजार ९२१ को नमूना संकलन भएको छ । यसमा संक्रमीतको संख्या एक हजार ८८९ छ । गण्डकीमा ८३० क्वारेन्टिन छन् भने २६१ आइसोलेशन छन् । भारत र तेस्रो मुलुकबाट आउनेको संख्या १९ हजार ३१५ रहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.