www.tandavnews.com
Fact ~ In search of truth

पोखराका काँग्रेसनिकट वडाध्यक्षले आज महानगरपालिकाको गेटमा तालाबन्दी गर्दै

पोखरा

पोखरा महानगरपालिकाले बजेट विनियोजनमा विभेद गरेको भन्दै आज (शुक्रबार) महानगरपालिकाको गेटमा तालाबन्दी गर्ने भएको छ ।

नेपाली काँग्रेसतर्फका वडाध्यक्षहरुले महानगरपालिको गेट ताला लगाउने भएका हुन् ।विभेदको बिरोधमा काँग्रेसतर्फका वडाध्यक्षले हिजो दिनभर महानगर गेट बाहिर धर्ना र नाराबाजी गरेपनि मेयरले कुनै सम्बोधन नगरेको भन्दै आज तालाबन्दी गर्न लागेका हुन ।

Batas

महानगरको गेटमा ताला लगाउनु रहर नभई बाध्यता भएको उनीहरुले जनाएका छन् । महानगरको गेटमा ताला लगाउदाँ नगरबासिलाई पर्न जाने असुविधाप्रति उनीहरुले विज्ञप्ति निकाल्दै क्षमा मागेका छन् ।

विज्ञप्तिमा भनिएको छ – ‘जबसम्म बजेटमा गरिरएको विभेद सुधार गरिदैन तबसम्म आन्दोलन जारी रहने छ, यसबाट नगरबासीमा पर्ने असुविधा प्रति क्षमा माग्छौँ । ’पोखरेलीले तिरेको करलाई मनोमानी र विभेद गरी विनियोजन गरिएको सचेतक रामराज लामिछानेको भनाइ छ ।

उनले केहीमा अत्यधिक र केहीमा अन्त्यन्त न्यून बजेट विनियोजन गरिएका कारण आन्दोलनमा उत्रनु परेको स्पष्ट पारे । उनले विशेष गरी काँग्रेस निर्वाचित वडाहरुलाई छानीछानी विभेद गरिएको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.