www.tandavnews.com
Fact ~ In search of truth

१६ औँ राष्ट्रिय धान दिवसःपोखरामा रोपाई महोत्सव

पोखरा,
ताण्डव न्यूज ।

आज १६ औँ राष्ट्रिय धान दिवस । देशभर धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका मनाईंदै छ ।

मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गते आजको दिनमा रोपाइँ जात्रा, हिलो खेली मनाउने गरिन्छ ।यस्तै आज दहीच्यूरा खाई असार १५ मनाउने चलन पनि छ ।

Batas

२०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए ।राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

विश्वको जनसंख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो ।९० प्रतिशत धान एशियामै उत्पादन हुने गर्छ । नेपालको मुख्य बाली धानको कुल खाद्यान्नमा करिब ६० प्रतिशत योगदान छ ।

चालु आर्थिक वर्षमा ५६ दशमलब १० हजार मेट्रिक टन धान उत्पादन भएको छ ।यो गत वर्षको तुलनामा आठ प्रतिशत भन्दा बढी हो । सरकारले पांच वर्षमा कृषि उत्पादन दोब्बर बढाउने लक्ष्य लिएको छ ।

यसै बिच पोखरा पर्यटन परिषदको आयोजनामा आज पोखरा –१७ महातगौडा विरुवाफाँटमा रोपाई महोत्सव –२०७६ हुदैँछ । पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ करिब ४ रोपनी खेतमा महोत्सव आयोजना हुन लागेको हो

महोत्सवमा स्वदेशी २५ हजार र ५ सय विदेशी पर्यटकहरु हिलोमा रमाउने अपेक्षा गरिएको छ ।महोत्सवमा साउने प्रतियोगिता (हलगोरुको दौड), आमा समुह बीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने खुला प्रतियोगिता, हिलोमा दौड प्रतियागिता महिला÷पुरुष, हिलोमा दौड प्रतियोगिता, विदेशी पर्यटक महिला÷पुरुष, रस्सा कसी नेपलाी र विदेशी, पत्रकारहरुको हिलो दौड प्रतियोगिता हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.