
काठमाडौं ।
भोजपुरमा विप्लव नेतृत्वको कार्यकर्ता र प्रहरी बिच गोली हानाहान हुदाँ दुई जनाको ज्यान गएको छ । गोली हानाहान हुदाँ प्रहरीका एक जवान र विप्लवको एक कार्यकर्ताको मृत्यु भएको हो ।
विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले हानेको गोली लागेर प्रहरी जवान सन्जिव राईको मृत्यु भएको छ।भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी जवान राईको मृत्यु भएको हो ।

त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ।मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको जनाइएको छ । प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.