www.tandavnews.com
Fact ~ In search of truth

विभागको विषयमा सहमति नजुट्दा नेकपा सचिवालय बैठक स्थगित

पोखरा ।

आयोग र विभागको टुंगो लगाउन बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालयमा बस्ने भनिएको बैठक विभागको विषयमा सहमति जुट्न नसक्दा स्थगित भएको हो । अर्को बैठक यहि साउन ९ गते बस्ने भएको छ । नेकपाका ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीका भागमा १४ विभाग परेका छन्। पूर्व एमालेले विदेश विभागमा माधवकुमार नेपाल र संगठन विभागमा वामदेव गोतको नाम टुंग्याइसको छ।

विभागमा भागबण्डा टुंगिए पनि कुन विभाग कसले लिने भने भन्ने नटुंगिँदा विवाद शुरु भएको हो।विशेषगरी स्कुल विभाग कसले पाउने भन्ने विषयमा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच तानातान छ। सो विभागमा पूर्व एमालेबाट ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठले दाबी गरेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.