www.tandavnews.com
Fact ~ In search of truth

वडा अध्यक्षमाथी हातपात गर्ने विरुद्ध सार्वजनिक मुद्धा दर्ता

पोखरा
ताण्डव न्यूज ।

पोखरा २१ का वडा अध्यक्ष खगराज आचार्य माथी हातपात गर्ने विरुद्ध सार्वजनिक मुद्धा दर्ता भएको छ । ब्यक्तिगत रिसीवीका कारण दाताराम आचार्यले आइतबार पोखराको राष्ट्रबैंक चोकमा हातपात गरेपछि वडा अध्यक्ष आचार्यले प्रहरीकहाँ उजुरी दिएका थिए । पटक–पटक आफुमाथी दातारामले दबाब दिएको अध्यक्ष आचार्यले बताए ।

‘कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाको विषयलाई लिएर दातारामले रिसीबी पालेका रहेछन्,’ उनले भने, ‘मैले खानेपानी आयोजनाको लागि अनुगमन समिति बनाउनुपर्छ भनेको थिएँ । तर, दातारामले मानेका थिएनन् । यहि विषयलाई उनले मनमा लिएर हातपात गरे ।’

Batas

वडा अध्यक्षले खानेपानी आयोजनाको अनुगमन समिति बनाउनुपर्ने बताएपनि योजनाको अध्यक्ष रहेका दातारामले बनाउन मानेका थिएनन् ।
आईतबार दिउँसो राष्ट्रबैंक चोकमा जुस खाइरहेका अध्यक्षमाथी दातारामले एक्कासी हातपात गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी उनीमाथी आज (सोमबार) सार्वजनिक मुद्धा चलाइएको छ ।

कुटपिटमा संलग्न आचार्य पहिले वडा २१ कै हुन। अहिले बसाइँसरेर वडा १७ बस्दै आएका छन् । वडा अध्यक्ष आचार्यमाथी हातपात भएको देखेपछि नजिकै रहेका स्थानीयहरुले थप कुटपिट हुनबाट जोगाएका थिए ।

पोखरा २१ का अध्यक्ष खगराज आचार्यमाथी हातपात

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.