www.tandavnews.com
Fact ~ In search of truth

पोखरा रंगशाला : ‘हरर फिल्म’को सुटीङ स्पट जस्ताे ‘ब्याडमिन्टन हल’

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्युज ।

पोखरा रंगशाला गेट प्रवेश गरेपछि दायापट्टी खङ्ग्रङ्ग परेको एक भवन देखिन्छ । बीस वटा फलामे पिल्लरको आडमा फिक्का रातो रङको जस्ताले ढाकिएको यो भवनले रंगशाला प्रवेश गर्ने जो कोहीको ध्यान केन्द्रित गर्ने गर्छ । देख्दा नै उदेक लाग्दो, मानौ की ‘हरर (डरलाग्दो) फिल्ममा देखाउने भुतघर जस्तो ।’

यतिमात्र होईन, यस भवनले उत्तरतर्फ लस्करै देखिने मनमोहक हिमश्रृङ्खलाहरु (अन्नपुर्ण, माछापुच्छे«, धवलागिरी) समेत छेकेको सरोकारवालाहरुको तर्क छ ।

Batas

दुई बर्ष अघि (२०७४ साल) राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्य सचिब केशब बिष्टले उक्त भवनको बिधिवत रुपमा शिलान्यास गरेका थिए । उनले नै यस भवन निर्माणको स्वीकृति दिएर भवन निर्माणको प्रक्रिया पुर्ण बनाएका हुन् ।

तर दुई बर्षमा सक्ने योजना सहित शिलान्यास गरिएको उक्त भवनको निर्माण र्काय करिब ६० प्रतिशत मात्रै सकिएको छ । त्यसोत यस भवन सम्पन्न गर्ने लक्ष्य भने दुई बर्षको रहेको थियो । देख्दा टिनको झुप्रो मात्र देखिने भवनले पुर्णता पाउन भने आधा बर्ष लाग्न सक्ने निर्माणपक्षको अनुमान छ ।

गत सोमबार मात्र युवा तथा खेलकुद मन्त्रालय मार्फत उक्त भवन निर्माणको लागि ५० लाख बिनियोजन गरिसकेको छ । तर ठप्प रहेको निर्माण कार्य फेरी सुरु गर्न अझ केही हप्ता लाग्न सक्ने कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा भवन उपभोक्ता समितिका सल्लाहकार डम्बर बहादुर गुरुङले बताए । उनका अनुसार अहिले सम्म काम रोकिनुको एउटै कारण बजेटको अभाव रहेको छ ।

कुल ३ करोड ५० लाखको लागतमा राखेप र कास्की जिल्ला ब्याडमिन्टन संघको संयुक्त लगानीमा निर्माण हुने सो भवनको लागि पछिल्लो समय २ करोड ८० लाख खर्च भैसकेको गुरुङले बताए । उनका अनुसार सो मध्ये १ करोड १० लाख परिषदको र अन्य रकम सँघको खर्च भएको छ ।

कुल साढे ३ करोडको अनुमान गरेता पनि निर्माण कार्य ढिलाईका कारण थप १ करोड लागत लाग्ने अनुमान गुरुङको छ । गुरुङले प्रक्रिया पु¥याएरै परिषदसँगको सँयुक्त लगानीमा निर्माण भैरहेको भवनको स्वरुपमा अनेक टिका टिप्पणी गरेपनि सम्पन्न पश्चात आकर्षक बन्ने उनको तर्क छ ।

‘अहिले अण्डर कन्सट्रक्शन मै छ, उनी भन्छन्, अहिले नराम्रो देखियो भन्ने कुरा बाहना मात्रै हुन्, चाँहे ब्यक्तिगत घर होस् या रङ्गशाला कै भवन निर्माण भैरहदा नराम्रो देखिन्छन नै तर यसको काम रोकिएर मात्र हो । हामी भनेका छौ छिटो पैसा पठाउनुस काम छिटै सक्छौ ।’ रङ्शालामा बनेका जुनसुकै संरचनाले हिमाल छेक्ने गरेको बताउदै निर्माण सम्पन्न भैसकेको कभर्ड हलले समेत हिमाल छेकेको अध्यक्ष गुरुङको भनाई छ ।

उनले आगामी बर्ष हुने नवौं राष्ट्रिय खेलकुदको अगावै सक्ने लक्ष्य सहित यथाशिघ्र निर्माणमा लाग्ने बताए । गुरुङका अनुसार ६८ फिट चौडाई र १ सय ३० फिट लम्बाईमा उक्त भवन निर्माण हुनेछ भने । सो भवन भित्र २२ फिट चौडाई र ४४ फिट लम्बाईको ४ वटा कोर्ट बन्नेछन् । त्यसैगरी ४ सय देखी ५ सय दर्शक क्षमता भएको प्याराफिट, २ चेन्जिङ रुम तथा बाथरुम, (महिला/पुरुष) कन्फेरेन्स हल तथा ब्याडमिन्टन सँघको कार्यालय हुनेछन् । गुरुङले डिजाईन अनुसारकै अन्तराष्ट्रिय मापडण्डमा निहित रहेको निर्माण हुने बताए ।

यता कास्की जिल्ला खेलकुद बिकास समिति निबर्तमान अध्यक्ष याम गुरुङले भने नक्शा अनुसार पार्किङको लागि छुट्याईएको स्थानमा ब्याडमिन्टन हल निर्माण भैरहेको बताए । परिषदले नै स्वीकृति दिएको बताउदै उनले भने, ‘राज्यको १ करोड ७० लाख जति लगानी भैसकेको छ, ब्याडमिन्टन सँघ र परिषदको ५०÷५० को लगानी अवधारणमा बनेको हो, खेलकुदको संरचना बन्नु राम्रो हो तर त्यो ठाउँ चाँही पार्किङको एरिया हो माथि परिषद बाटै स्वीकृति दिएपछि हाम्रो के लाग्छ र’ गुरुङले भने ।

उनले केही दिनमै पुनः निर्माण कार्य अघि बढ्ने गरि युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख आईसकेको जानकारी दिए ।

‘कस्तो ठाउँमा बनाएको ? छ्या कस्तो देखिएको ? अझ हिमाल नै छेक्ने रहेछ !’ रंगशाला भित्रिने खेलाडी तथा खेलप्रेमीहरुबाटै पनि निर्माणाधिन ब्याडमिन्टन भवनकै बारेमा प्रश्न उठ्दै आएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.