www.tandavnews.com
Fact ~ In search of truth

बाख्रापालक कृषकलाई महानगरद्धारा जनही ४० हजार अनुदान

पोखरा ।

पोखरा–२८ का बाख्रापालक कृषकलाई व्यावसायीक बाख्रापालनका लागि महानगरपालिकाले अनुदान वितरण गरेको छ । पोखरा–२८ स्थित ५० घर बाख्रा पालक कृषकलाई जनही ४० हजारका दरले २० लाख रुपैंया महानगरले वितरण गरेको हो ।

स्थानीय व्यावसायीक बाख्रा पालन समिति र वडा नं. २८ को समन्वयमा वडा कार्यपालिकाको कार्यलय–२८ मा आयोजित एक कार्यक्रमका विच बुधबार महानगरका प्रमुख मान बहादुर जिसीले सो अनुदान वितरण गरेका हुन ।
वितरण समारोहमा प्रमुख जिसीले अनुदान रकम जीवनस्तरको गर्जो टार्ने मात्र नभई कृषकहरुलाई व्यावसायीक बनाउन समेत उपयोगी हुने धारणा राखे । कार्यक्रममा वडा नं. २८ का वडा अध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रा सहित १३ वटा बाख्रा भएका कृषकहरुलाई व्यावसायीकता तर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताए ।

Batas

स्थानीय प्रजातीका बाख्राहरुको पालन र पर्वद्धनमा  समेत अनुदान फलदायी हुने उनको धारणा थियो । पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरुका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक शुरुवात भएको र पशु सेवासंग सम्वन्धित कृषक लक्षित अन्य कार्यक्रमहरु आगामी दिनहरुमा समेत निरन्तर रहने बताए ।

व्यावसायीक बाख्रा पालनका लागि महानगरले पोखराका १९ र २८ नम्बर वडाका कृषकहरुलाई अनुदान वितरण गर्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.