www.tandavnews.com
Fact ~ In search of truth

‘खानेपानी, सडक बाटो र ढल व्यवस्थापन गर्ने हाम्रो मुख्य योजना छ’

पाेखरा
ताण्डव न्यूज । 

१) जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुभएको यतिका समय भैसक्यो, वडा विकासका लागि के–के गर्नुभयो ?

बिशेषगरि हामीले निर्वाचित भएर आएपछि वडा कार्यालयलाई नै व्यवस्थित ग¥यौँ । त्यसपछि हामीले विकास पूर्वाधारका कामहरुमा साना, ठुला गरेर करिब ३० वटा बाटोहरु निर्माण गरेका छौँ । जसमा ५० देखि २ सय मिटर सम्मका बाटोहरु निर्माण, साँघुरो तथा भित्री बाटोहरुमा ढलानको व्यवस्था पनि गरिसकेका छौँ ।

Batas

वडाले महिला शशक्तिकरणका लागि पनि सिपमुलक तालिमहरु उपलब्ध गराउँदै आएको छ । हामीले घोषणापत्र अनुसार करिब ४० प्रतिशत कामहरु सम्पन्न गरिसकेका छौँ। ठुला योजनाहरु सम्पन्न गर्न सकेका छैनौँ ।

तर हाम्रो घोषणापत्रमा नभएको एउटा आकशेपुल बनाउने योजना हो, त्यसको लागि सम्झौता भएर गइसकेको छ । अबको केहि समयपछि त्यसको शिलान्यास पनि हुनेछ । जसको ठेक्का परेको ठेकदार हो । उहाँले निर्माण गर्ने पक्रिया सुरु गर्दै हुनुहुन्छ ।

२) तत्काल कुन कार्य योजनामा व्यस्त हुनुहुन्छ ?

अहिले तत्कालको कुरा गर्दा हामी बिशेषगरी वडामा नै व्यस्त छौँ । स्थानीयको सिफारिसको काम, नाता प्रमाणित, साथै हालै सरकारले परिचालन गरेको व्यवसाय दर्ता देखि पारिवारिक झगडा, लेनदेनका समस्याहरुको समाधानमा नै वडा कार्यालय व्यस्त छ ।

३) वडा नं ८ लाई समृद्ध र नमुना वडा बनाउन कस्तो योजना बनाउनु भएको छ ?

हामीले घोषणापत्रमा पनि समावेश गरेका थियौ, हरियाली वडा र सफा वडाको रुपमा विकास गर्नका लािग त्यसैमा निरन्तर लागि रहेका छौँ । जसका लागि संघसस्था साथै वडा कार्यालयको बिशेष सहयोगमा हामीले विभिन्न ठाउँहरुमा वृक्षारोपण गर्दै आएका छौँ ।

अर्काे समस्याको रुपमा रहेको फोहोरमैला जसलाई व्यवस्थापन गर्ने टोल विकास तथा आमा समूहको नेतृत्वमा सरसफाईको अभियानको सुरुवात गरेका छौँ। जसले गर्दा बिगतको भन्दा वडा न. ८ सरसफाइमा केहि राम्रो देखिएको छ ।

तर अझै पनि हामी सन्तुष्ट छैनौँ । त्यसैले हामीले प्रत्यक्ष, आन्तरिक तथा बाह्य पर्यटकहरुले देख्ने ठाउँमा वृक्षारोपण गरेका छौँ । साथसाथै नागढुङ्गा देखि पृथ्वीचोकसम्म ४४ वटा बुटिक चौतराको समेत निर्माण गरेका छौ ।जसले गर्दा पर्यटकीय हिसाबले पनि राम्रो देखिएको छ ।

४) वडामा अपांगमैत्री भवन छैन नि, यसको लागि कसरी सेवा प्रभाव गर्नुभएको छ ?

हाम्रोमा अपांगमैत्री भवन छैन, यो करिब ३०, ३५ बर्ष पुरानो भवन हो । हामी आइसकेपछि महानगरपालिका बाट केहि रकम ल्याएर भवनलाई केहि मात्रामा भएपनि व्यवस्थापन गरेका छौँ । त्यसमा जेष्ठ नागरिक र अपांगमैत्री भवन नभएको हामीले उहाँहरुको सहजताको लागि तलैबाट सेवा प्रदान गर्दै आएका छौँ ।

५) मुख्य सडक रहेको यस वडामा दुर्घटना न्यूनिकरण गर्न ट्राफिक लाइट राख्न वडाले कसरी सहकार्य गरेको छ ?

५ वटा सडक विभागले र ५ वटा महानगरपालिका गरेर यस बर्ष महानगरपालिकाले १० ठाउँहरुमा ट्राफिक लाइट राख्ने व्यवस्था मिलाएको छ । यस्तै सडक कार्यालयको सहयोगमा हामीले जेब्रा क्रसिङहरु पनि केहि ठाउँ–ठाउँमापुनः बनाएका छौ, ट्राफिक लाइट राखेपछि सवारी दुर्घटनामा अझै नियन्त्रण हुन्छ भन्ने हामीले पनि सोचेका छौ ।

६) अपांगमैत्री सडक बनाउने योजना बनाउनु भएको छ कि छैन ?

पहिला बनेको सडकलाई अपांगमैत्री बनाउनका लागि बजेटले नधान्ने अवस्था छ, प्रदेश सरकार र संघीय सरकारसँगको समन्नयमा अब निर्माण हुने सडकहरुसाइकल ल्याण्ड सहितकोअपांगमैत्री हुनुपर्नेमा हाम्रो माग छ ।

अबको योजनामा त्यसको लागि सिर्जनाचोक देखि रत्नचोकसम्म डिपिआर निर्माण हुने योजनामा छ, डिपिआर हेरेर अर्काे बर्ष हामीले केन्द्रिय सरकार संघीय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा अपांगमैत्री बाटो निर्माण गर्ने कुरामा छलफल गर्दैछौ ।

६) युवा, बालबालिका तथा महिला लक्षित कस्ता–कस्ता कार्यक्रमहरु गर्नुभएको छ ?

बालबालिकाको क्षेत्रमा हामीले वडा बाल मञ्च राखेका छौँ, जसको लागि बजेट समेत छुट्टाइएको छ । उहाँहरुले योजना ल्याउनुहुन्छ, त्यही अनुसार हामीले सहकार्य गरेका छौँ । महिलाहरु लागि उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि महिला सशक्तिकरण, कानुनी साक्षरता साथसाथै ६ सय जना महिलाहरुलाई कम्पोष्ट मोल बनाउने, कौशी खेती गर्ने व्यवस्था मिलाएका छौ ।

पोखरा महानगरपालिकाको वडा नं ८ मा खाली जग्गा नभएको हुनाले पनि घरमा बस्ने महिलाहरुलाई कौशीमा खेती गरी दैनिक प्रयोगमा ल्याउने तरकारीलाई घरैबाट उत्पादन गर्ने वातावरण मिलाएका छौ । जसले गर्दा महिलाहरु आत्मनिर्भरसँगै स्वरोजगार पनि भएका छन् ।

वडाले प्रत्येक छत–छतमा तरकारी उत्पादन गर्नका लागि विभिन्न तालिमहरुको समेत उपलब्ध गराएको थियो, साथै स्थानीयहरुलाई ६ सय वटा कम्पोष्ट बिन पनि वितरण गरेका थियौ । वडाले तालिम दिएको क्षेत्रमा लगभग ८५ प्रतिशत घरधुरीले छतमा उत्पादन गरेकै तरकारी खाने गर्छन, यो अभियान धेरै उपलब्धि मूलक भएको छ ।

७) हरेक वडाका सबैभन्दा ठुलो समस्या हो । फोहोरमैला र ढल व्यवस्थापन त्यसलाई तपाइको वडामा कसरी व्यवस्थापन गर्नुभएको छ ?

अहिलेको जटिल समस्या बनेको फोहोरमैला हो । अर्काे २० बर्ष अघाडि बनाएको ढलले हिजोको घर धुरी र अहिलेको घर धुरीमा भएको जनसँख्या तुलनामा ढलले धान्न नसकेको हुनाले अव्यवस्थित देखिएको छ । पोखरा बर्षाको समयमा धेरै पानि पर्ने ठाउँ हो, त्यसकारण ढल व्यवस्थापनको लागि पोखरा महानगरपालिकाले विन्ध्यबासिनी, चिप्लेढुङगा र सिदार्थचोकबाट आउने पानिको ढललाई फराकिलो बनाउने योजनामा डिपिआर बनाउँदै छ ।

यसको लागी ठुलो रकम चाहिने हुनाले वडा र महानगरपालिको बजेटले धान्न सक्दैन् । त्यसैले यसको लागि हामी स्थानीय सरकार, केन्द्रिय सरकार र संघ सरकारसँग छलफल छौ ।

७) अबको तीन बर्षमा वडालाई कुन स्तरमा लैजाने योजना बनाउँदै हुनुहुन्छ ?

अबको तीन बर्षमा वडामा भएका साघँुरा बाटोहरुलाई फराकिलो र ढल व्यवस्थापन गरेर बनाउने योजनामा छौ । खानेपानि, सडक बाटो र ढल व्यवस्थापन गर्ने हाम्रो मुख्य योजना रहेको छ, साथै सफा र हरियाली वडाको रुपमा वडालाई बिस्तार गर्ने सोचे छ ।

वडा नं ८ मा बासोबास गर्ने युवा, तथा गृहणीलाई स्वरोजगार सम्बन्धि तालिमको व्यवस्था गर्नेछौ, साथै महिलाका हकमा महिला सशक्तिकरणको तालिम, आत्मनिर्भर बनाउने तालिमहरुको आयोजना गर्ने वडाको लक्ष्य छ ।

८) वडागत बजेटको अवस्था कस्तो छ ?

हाम्रो वडामा गतबर्षको बजेट १ करोड रहेको थियो, जसलाई वडाले विभिन्न पूर्वाधार विकास निर्माण खर्च ग¥यो,अहिले १ करोड १७ लाखको बजेट परेको छ ।

वडाले यसलाई पूर्वाधार विकास साथै महिला सशक्तिकरण, कार्यालय संञ्चालनदेखि बालबालिका, अपांग र जेष्ठनागरिक लगायत सबैलाई समेट्निे गरी योजना बनाएको छ । त्यसलाई वडाले महानगरपालिकामा पठाइसकेको छ । अहिले रातो किताब निस्किएको छैन, निस्किए लगतै हामीले हाम्रो कामलाई निरन्तरता गर्नेछौ ।

९) वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

हामी निर्वाचित भएर आएपछि वडा कार्यालयबाट स्थानीयहरुले समयमै सेवा सुविधाहरु पाएको अनुभुति गरेका छौ । त्यसैले यहाँका स्थानीयको सहयोग वडालाई सधैभरी चाहिन्छ, त्यसकारण वडामा परेको समस्या तथा वडाका लागि भएका सुझाव सल्लाह वडामै आएर सम्र्पक गर्नुहुन सबै वडाबासीलाई आग्रह गर्न चाहन्छु ।

वडाबासीलाई परेको समस्याहरु वडाले समाधान गर्नेछ, अब तीन बर्षको अबधिमा हरेक विकास निर्माणका कामहरु क्रमिक रुपमा व्यवस्थापन गर्दै जानेछौ ।

प्रस्तुती : विनिता सुनार/ताण्डव न्यूज

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.