
पोखरा ।
स्वतन्त्र विद्यार्थी परिषद पोखरा इञ्जिनियरिङ कलेजले आयोजना गरेको प्रथम अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधी पृथ्वीनारायण क्याम्पसले जितेको छ । बिहीबार पृथ्वीनारायण क्याम्पस बिबिएसले आयोजक पोखरा इञ्जिनियरिङ कलेजलाई ६५–४७ सेटमा पराजित गरेको हो ।
विजेताले उपाधिसहित ३० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरे । १५ कलेज टिमको सहभागीता रहेको प्रतियोगिताको उपविजेता पोखरा इञ्जिनियरिङ कलेजले १५ हजार नगद, ट्रफी, मेडल प्रमाणपत्रसहित पुरस्कृत भए । साउन २८ गतेबाट शुरु भएको प्रतियोगितामाविजेता टिमका डिमन पुन सर्वोत्कृष्ठ खेलाडी घोषित भए।

विजेताहरुलाई कार्यक्रमका गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्मा, विशेष अतिथि कलेजका प्रमुख इञ्जिनियर लेखबहादुर गुरुङ, प्रमुख प्रसासक चिजकाजी गुरुङ, बास्केटबल संघ कास्कीका अध्यक्ष धोजकुमार गुरुङ र स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले पुरस्कार वितरण गरे ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.