www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ६५५ संक्रमित सन्चो भए,४७१ जनामा संक्रमण,३ संक्रमितको निधन

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी रहेको छ ।

आज ६५५ जना सन्चो हुदाँ प्रदेशमा ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयल गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

प्रदेशमा हाल कोरोना मुक्त हुनेको संख्या ५९ हजार २२९ रहेको छ भने संक्रमित बन्नेको संख्या ६३ हजार १९५ पुगेको छ ।
संक्रमित हुनेमा कास्कीका २७४ , म्याग्दीका ३,पर्वतका ३ ,गोरखाका २२,लमजुङका ३,तनहुँका ३४,बागलुङका ३१, स्याङ्जाका २१ र नवलपरासीका ५७ जना रहेका छन् ।

यस्तै प्रदेशमा ३ संक्रमितले ज्यान गुमाएका छन् ।ज्यान गुमाउनेमा पोखराका १, बागलुङका १ र तनहुँका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार ४४ पुगेको छ ।

हाल प्रदेशमा २ हजार ९२२ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ७७७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.