www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस संस्थापक लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त

काठमाडौं ।

नेपाली काँग्रेस संसदीय दलले नेपाली राष्ट्रिय काँग्रेसकी संस्थापक सदस्य एवं वरिष्ठ साहित्यकार डा .लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गर्दछ ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । नेत्री सुन्दासको ८५ वर्षको उमेरमा गत साउन ३० गते निधन भएको हो ।

सन् १९३४ मा जन्मिएकी सुन्दास राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा सक्रिय थिए । नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी स्व. सुन्दास सन् २००१ को भारतीय अकाडमी पुरस्कारबाट विभूषित भएका थिए ।

प्रमुख सचेतक खाणले सुन्दासले राजनीतिक, साहित्यिक र शैक्षिक क्षेत्रमा पुर्याएका योगदान सदाका लागि स्मरणीय रही रहने उल्लेख गर्दै उनको निधनले राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.