
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच ट्विटरमा विवाद चलेको छ।
राप्रपा अध्यक्ष थापाले काँग्रेस सभापति देउवा र डा. भट्टराईलाई विदेशमन्त्री एस जयशंकरलाई कूटनीतिक मर्यादा नाघेर भेट गरेको ट्विटरमार्फत आरोप लगाएका छन् । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकरलाई होटलमै गएर भेट्नु लम्पसारवादको नमूना भएको भन्दै अध्यक्ष थापाले ट्वििट गरेका छन् ।

‘फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमूना पेश गरे’, सामाजिक सञ्जाल ट्विटरमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले लेखेका छन्।
थापाको ट्विटमाथि जवाफ दिदैँ भट्टराईले लेखेका छन्, ‘सिसाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला। सुगौली सन्धि यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसंग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौं।’
अध्यक्ष भट्टराईको ट्वीटका जवाफ दिँदै थापाले व्यंग्य गर्दै लेखेका छन् ।‘खुला मित्रतापूर्ण सम्बन्धबारे मेरो मित्रको धारणासँग सहमत छु। त्यस्तो सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामोसमय कायम आत्मसमर्पण अन्तहोस् भन्ने मेरो मान्यता हो। सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिकरुपमा भेटेको अलि सुहाएन कि ?’
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.