www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्र अधिकारी सवार हेलीकोप्टर दुर्घटना यसरी भएकाे रहेछ

पोखरा ।
नेपालमा उदयमान नेताको छबि बनाइरहेका पोखरेली नेता तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको गत गत फागुन १५ गते ताप्लेजुङको पाथिभरामा भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा उनीसहित ७ जनाले ज्यान गुमाए ।

्दुर्घटनाको भोलिपल्ट सरकारले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतम सहितको ४ सदस्यीय दुर्घटना जाँचबुझ समिति गठन गरेको थियो। जाँचबुझ समितिमा नेपाल आर्मीका सहायक रथी दिपकप्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा सदस्य तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका थिए।
जाँचबुझ समितिले गत असार ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासमक्ष प्रारम्भिक प्रतिवेदन पेस गरेको थियो।

फागुन १५ गते बिहानैदेखि नै काठमाडौं तथा पूर्वी नेपालको मौसमका बदली सुरु भएको थियो। त्यसमा पनि पूर्वी नेपालको मौसम अन्य ठाउँको भन्दा अतिनै खराब थियो। जमिनको तहदेखि उडान भर्नुपर्ने वायुमण्डलको माथिलो तह बादलले ढाकिएको थियो। केही ठाउँमा मात्रै समय(समयमा थोरै आकाश खुल्ने र बादलले ढाक्ने क्रम जारी थियो।
हेलीकोप्टरको क्षमता पाइलट सहित ७ जना भएपनि पाइलट सँगैको सीटको क्षमता त्यो दिन बढि थियो । पाइलटसँगैको फ्रन्ट सिटको क्षमता भने १ सय ५४ केजी मात्रै हन्छ। उक्त दिन बिहान काठमाडौंबाट उडान सुरु गर्दा हेलिकोप्टरले २ हजार २ सय ५० केजी अधिकतम टेक अफ वेटको ठाउँमा जम्मा ५ केजी कम गरी २ हजार २ सय ४५ केजीको टेक अफ क्षमतामा उडान सुरु गरेको थियो।
दुर्घटना हुनुअघि प्रतिमिनेट २ हजार फिटको दरले हेलिकोप्टर जमिनतर्फ झरेको छ। यसरी तल झरेको हेलिकोप्टर ६० डिग्रीको कोणमा देब्रे ढल्किएर झरेको देखिन्छ।

Batas

भी टु ट्रयाकरमा दुर्घटनाको समयमा रेकर्ड भएको थिएन । उडान थालेसँगै मौसमसँग जुधेरै पाइलटले उँडान भरिरहेका थिए ।
पाइलट केसीले उडानको बेला चाहिने आवश्यक समन्वय कतै पनि गरेको प्रमाण फेला नपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
हेलिकोप्टरमा सवार मन्त्री अधिकारी, एयर डाइनेस्टीका सिइओ शेर्पा तथा अन्य ५ जनाले पाइलटलाई खराब मौसम भए पनि उडान गर्नुपर्ने दबाब दिएको जस्तो प्रमाण फेला नपरेको प्रतिवेदनमा जनाइएको छ। तर, पाइलटले उडानमा तदारुकता देखाउनुमा उनले आफैंमा दबाब महसुस भने गरेको हुनसक्ने उल्लेख छ।

समितिले बुझाएको प्रतिवेदनमा एयर डाइनेस्टीको हेलिकोप्टर उडान नियम ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्युर ९एसओपी०’ समेत पाइलटले उल्लंघन गरेको दाबी गरिएको छ। साथै कतिपय विषय भने ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्युर’मा समेत स्पष्ट नभएको उल्लेख गरिएको छ ।

समितिले बुझाएको प्रतिवेदनमा हेलिकोप्टरको अगाडिको भाग सिधै पहाडमा नठोक्किएको उल्लेख गरिएको छ। दुर्घटनास्थलमा हेलिकोप्टरको एउटा मात्रै टुक्रा भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। मुख्य रोटर ब्लेड र पछाडिको रोटर छुट्टिएको थियो। हेलिकोप्टर दुर्घटना हुँदा पखेटा पहाडमा ठोक्किएको छ। हेलिकोप्टरको १० मिटर पछाडिको भाग ठोक्किएको छ। हेलिकोप्टरको मेन रोटर ब्लेट उछिट्टिएको छ।
उत्तः हेलीकोप्टरको इन्जीन फेलको पनि संका गरिएको छ ।
हेलीकोप्टर दुर्घटनाको मुख्य कारण नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सबै नियम पूरा गरी चालक अनुमति पत्र लिए पनि पाइलटले मौसमसँग ुखेलाँचीु गर्दा हेलिकोप्टर दुर्घटना भएको प्रतिवेदनमा दाबी गरिएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.