www.tandavnews.com
Fact ~ In search of truth

हमाललाई पक्राउ गरिएको विरुद्ध सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरणको मुद्धा

पोखरा ।

कास्कीका पत्रकार होम हमालको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्धामा जिल्ला अदालत कास्कीलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

नेपाल पत्रकार महासंघले केन्द्रिय सदस्य जन्मदेव जैसीलाई सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्न जिम्मा दिएपछि उनले रिट दायर गरेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका संचालकरसम्पादक ओम हमाललाई प्रहरीले भदौ ६ गते पक्राउ गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.