पोखरा
ताण्डव न्यूज ।
पोखरा नयाँबजारस्थित चरक मेमोरियल हस्पिटल र मेगा बैंक नेपाल लि. बिच विशेष छुटको सम्झौता भएको छ । बैंक र हस्पिटल बिच एक आपसमा छुट दिने बारे आज आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा बैंकका कर्मचारीहरु, डेविट तथा क्रेडिट कार्ड भएका बैंकका खातावालाहरुलाई विशेष छुटको ब्यवस्था गरिएको बैंकका शाखा प्रबन्धक सदिप ढकालले जानकारी दिए ।
सम्झौता अनुसार ५ देखि १० प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ । बैंकका सेवाग्राहीहरुलाई हस्पिटलमा वेड चार्ज, ल्याव टेस्ट लगायत विभिन्न सेवाहरुमा विशेष छुटको ब्यवस्था गरिएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.