www.tandavnews.com
Fact ~ In search of truth

पोखराः मेथलाङमा भीरबाट खसेर एकको मृत्यु, मृतकका साथीहरु प्रहरी नियन्त्रणमा

पोखरा/ ताण्डव न्यूज ।

पोखराको वडा नं १८ स्थित मेथलाङमा भीरबाट लडेर एक व्यक्तिको ज्यान गएको छ ।

साथीहरूसंग मिलेर मादक पदार्थ सेवन गरेका २७ वर्षीय संजोग थापाको मृत्यु भएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार थापा भिरबाट अन्दाजी ५० मिटर तल खसेका थिए । घाईते अवस्थामा रहेका थापालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाईएकोमा अस्पतालमै मृत्यु भएको हो ।

Batas

घटनास्थलमा पुगेको प्रहरीले सोधपुछ तथा अनुसन्धानका लागि थापाका साथीहरुलाई नियन्त्रणमा लिई थप अनुसनधान थालेको प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.