
पोखरा ।
प्रभु बैंकले बन्दीपुरमा नयाँ शाखा विस्तार गरेको छ ।
प्रभु बैंक लिमिटेडले शहरी साथै ग्रामिणक्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन तनहुँको बन्दिपुर–१ डुम्रेबजारमा शाखा विस्तार गरेको हो । नयाँ शाखाको सोमबार औपचारिक उद्घाटन भएको छ ।
बन्दिपुर गाउँपालिका वडा न. १, स्थित डुम्रे शाखाको बन्दिपुर गाउँपालिका अध्यक्ष पुर्ण सिंह थापाले उद्घाटन गरेका हुन् ।
उक्त क्रार्यक्रममा गाउँपालिका वडा अध्यक्ष तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनीय सहभागीता रहेको थियो ।
कार्यक्रममा बैंकका गण्डकी प्रदेशका क्षेत्रीय अधिकृत भेषराज धमलाले बैंकको सेवा सुबिधा को बारेमा प्रकाश पारेका थिए।त्यस्तै कार्यक्रमको सञ्चालन प्रभु बैंकका गण्डकी प्रदेशका प्रदेश अधिकृत राजु रानाले गरेका थिए।
हाल प्रभु बैंकको देशभरि यस शाखा सहित १९१ शाखा रहेका छन् भने ८ अर्ब ८९ करोड भन्दा बदी चुक्ता पुजी रहेको छ।
प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको र ग्राहक को सेवा सुबिधामा कुनै कसुर बाँकी नराख्ने बैंकका गण्डकी प्रदेश सहायक प्रमुख बिरेन्द्र भट्टले बताएका हुन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.