www.tandavnews.com
Fact ~ In search of truth

पोखरा मिडिया कपःमहिला सेलिब्रिटी टिमले जित्यो मैत्रीपूर्ण खेल

पोखरा।

पोखरा मिडिया कप अन्तरगत बुधबार भएको ‘महिला पत्रकार’ र ‘महिला सेलिब्रिटी’बीच भएको मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजयी बनेको छ । १–० गोल अन्तरले कलाकारहरुले नतिजा आफ्नो पोल्टामा पारेका थिए ।

मैत्रीपूर्ण खेल खेल्नकै लागि अभिनेत्री सुरविना कार्की, सम्पदा बानियाँ र चर्चित युट्युबर तथा मोडल सोनिका रोकाया पोखरा आएका थिए । उनीहरुसँगै पोखराका चर्चित महिला कलाकारहरु मिलेर महिला पत्रकारहरुसँग फुटसल खेलेका थिए । महिला पत्रकार र सेलिब्रिटीबीच भएको प्रतिस्पर्धात्मक खेललाई प्रतियोगिताकै सबैभन्दा आकर्षक खेलको रुपमा आयोजकले प्रचार गरिरहेको थियो ।

खेल हेर्नका लागि बाहिरी दर्शकको पनि उल्लेख्य सहभागिता रहेको थियो । ‘खेल मैत्रीपूर्ण रह्यो । हामी कलाकारहरुसँग यसरी मिडिया कपको अवसर पारेर मैत्रीपूर्ण खेल खेल्न पाउँदा खुशी छौँ । आगामी दिनमा पनि यस्तै अवसर आयोजकले जुटाओस् ।’ महिला पत्रकार समूहका क्याप्टेन सरिता तिमिल्सिना पंगेनीले भनिन् ।

यस्तै यता महिला पत्रकारहरुसँग खेल्न पाउँदा आफूहरु निकै खुशी भएको सेलिब्रिटीहरुले प्रतिक्रिया दिए । ‘निकै विशेष लाग्यो । पहिलोचोटी नै यस्तो प्रतियोगितामा सहभागिता लिएकी थिएँ । र, विजेता बन्न पनि पाईयो । यो सबै टिम स्पिरिट बाट मात्रै सम्भव थियो । यसले एकतामा बल हुन्छ भन्ने कुरा पनि अझै राम्रो सक्न सिक्न पाईयो ।’ अभिनेत्री सुरविना कार्कीले भनिन् ।

आयोजकले मैत्रीपूर्ण खेलमा सहभागी दुवै टीमलाई ट्रफि प्रदान गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.