www.tandavnews.com
Fact ~ In search of truth

बिरेठाँटी क्यानोनिङको दोस्रो वार्षिकोत्सवमा ‘डिमर्चा’ ब्याण्ड

पोखरा।

अन्नपूर्ण गाउँपालिका–८ मा सञ्चालित बिरेठाँटी क्यानोनिङ प्रा.लिले दोस्रो बार्षिकोत्सबको अवसरमा बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बार्षिकोत्सबको अवसरमा आगामी (असोज) ३ र ४ गते साँस्कृतिक सन्ध्याको आयोजना गर्न लागेको सञ्चालक पुर्ण कोने गुरुङले जानकारी दिए ।

उनले कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रर्बद्धन रहेको बताए । गुरुङले भने, ‘एबीसी पदमार्गको रुट यै भएकाले पर्यटन प्रबद्र्धनको लक्ष्यसहित हामीले दोस्रो बार्षिकोत्सबको अवसरमा यो कार्यक्रम गर्न लागेका हौं ।’

उनले कार्यक्रमको पहिलो दिन चर्चित ब्याण्ड ‘डिमर्चा’ र लोकदोहोरी तर्फ काजल गुरुङले माहौल तताउने बताए । गुरुङका अनुसार दोस्रो दिन ‘ब्लाक सिप ब्याण्ड’ र दोहोरी तर्फ अञ्जु रामदानको बिशेष प्रस्तुती रहनेछ ।

उनले ३ र ४ गते बेलुकी ६ बजे देखी मध्यरातको १२ बजे सम्म क्यानोनिङ क्षेत्र सांगितिकमय बन्ने बताए । उनका अनुसार ब्याण्ड तथा गायिकाहरुले दर्जनौ गितहरु प्रस्तुत हुनेछन ।त्यस्तै अर्का सञ्चालक सुरेश गुरुङले बिगत २ बर्ष यता आन्तरिक र बाह्य पर्यटकले गरी कुल १ हजार बढिले क्यानोनिङको मज्जा लिईसकेको बताए । उनका अनुसार आन्तरिक पर्यटकलाई २ हजार ५ सय र बाह्य पर्यटकलाई ५ हजार शुल्क निर्धारण गरिएको छ ।

उक्त क्यानोनिङमा पुर्ण कोने, सुरेश कोने, बिजय कोने र बिष्णु कोने गुरुङले संयुक्त रुपमा १ करोड ५० लाख बढि लगानी गरेका छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.