www.tandavnews.com
Fact ~ In search of truth

अन्तर बैंक फुटसलको उपाधि एन.एम.बीलाई

पोखरा ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिको आयोजनामा अन्तर बैंक फुटसल सम्पन्न भएको छ ।

“आर्थिक समृद्धिका लागि जनतामा वित्तीय पहुँचको विस्तार, खेल मार्फत वित्तीय क्षेत्रका कर्मचारीको शारीरिक, मानसिक तथा आपसी सद्भावको विस्तार” भन्ने मूल नाराका साथ अन्तर बैंक फुटसल टुर्नामेण्ट २०७६ शनिबार सम्पन्न भएको हो ।

टुर्नामेण्टमा एन.एम.बी. बैंक लिमिटेड विजयी भएको छ भने गण्डकी विकास बैंक लि. द्धितिय भएको छ । एन. एम. बी. बैंक लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई फाईनल खेलमा २—० गोलले हराउदै टुर्नामेण्टको उपाधी हासिल गरेको हो ।

पोखराको गणेशटोलमा अवस्थित स्पोर्टस क्यासलको फुटसल मैदानमा आश्विन ३ र ४ गते दुई दिनसम्म चलेको उक्त टुर्नामेण्टमा पोखराका २७ बैंक तथा वित्तीय संस्थाका ३१ टिम सहभागी भएका थिए ।

टुर्नामेण्टको उत्कृष्ट खेलाडी गण्डकी विकास बैंक लिमिटेडका द्रव्य जङ्ग राणा भएका छन् भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता एन.एम.बी. बैंकका हरिप्रसाद बराल र शुरेस पौडेल भएका थिए ।

टुर्नामेण्टको पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अथिति नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष ढुण्डीराज मिश्रले कर्मचारी संघले कर्मचारीको हकहितसम्बन्धी गतिविधिका साथै रचनात्मक र सृजनात्मक कार्यहरु सञ्चालन गर्ने क्रममा भव्यताका साथ टुर्नामेण्ट आयोजना गर्न सफल भएकोमा पोखरा समितिलाई बधाई दिएका थिए ।

त्यसैगरी विशेष अथिति नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेलले यस्ता प्रतियोगिताले बैंकर कर्मचारीबीच आपसी सद्भाव कायम रहने र यस्ता कार्यक्रमहरुलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष कृष्ण प्रसाद खरालले गत वर्ष सम्पन्न अन्तरबैंक टुर्नामेण्ट २०७५ को दोस्रो संस्करणको रुपमा आयोजित यस वर्षको अन्तर बैंक फुटसल टुर्नामेण्ट २०७६ सफलताका साथ सम्पन्न भएकोमा आगामी वर्षमा समेत टुर्नामेण्टलाई निरन्तरता दिने हौसला मिलेको र गत वर्षको भन्दा यस वर्षको टुर्नामेण्टमा धेरै समूह खेलमा सहभागि भएकोमा खुसी व्यक्त गरे ।

साथै उनले टुर्नामेण्टको मुख्य प्रायोजक एन. आई.सी. एशीया बैंक लिमिटेड, सह प्रायोजक रोड सो रियल स्टेट दिप हाउजिङ्ग, माछापुच्छ्रे बैंक लिमिटेड, के.सी. कन्स्ट्रक्सन फर्म, प्रायोजक पोखरा फाईनान्स लिमिटेड र सम्पूर्ण व्यानर प्रायोजन गरिदिने संघ संस्था, बैंक तथा वित्तीय संस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.