www.tandavnews.com
Fact ~ In search of truth

गुण्डा नाइके ‘बाघे’ भनिने सन्देश लामा पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीले गुण्डा नाइके ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न लामालाई आज दिँउसो पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका लामालाई स्वयम्भूबाट पक्राउ गरिएको जानकारी दिए । बालुवा, गिट्टी ढुवानीमा ठगी गरेको गुनासो आएपछि उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी थापाले जानकारी दिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.