www.tandavnews.com
Fact ~ In search of truth

नेपाली वैज्ञानिकले जिते स्वर्ण सहित तीन पदक, २३ राष्ट्रका वैज्ञानिक परे पछि

काठमाडौं ।

रुसमा सम्पन्न आठौं एशिया व्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्ड सहित तीन पदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकहरुले पदक जितेका हुन् ।

नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विधार्थीमध्ये साउथ वेस्र्टन स्टेट कलेज बसुन्धराका विधार्थी स्वराज सागर प्रधानले गोल्ड मेडल जितेका छन् ।प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदक जितेका हुन् ।प्रधानले युज अफ माइक्रो स्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस बिषयमाआफ्नो प्रस्तुती दिएका थिए ।

यस्तै अस्मिता स्कुलकी दिक्षा संजेल र काठमाण्डौं मोडेल कलेजका ऋषीकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् । रुसमा यहि अक्टोबर १४ देखि १९ सम्म आठौं एशिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजना भएको थियो ।

नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली विधार्थीले प्रस्तुती दिएका थिए । गत महिना नेपाल पोलिमर इन्ष्टिच्यूटको आयोजनामा भएको राष्ट्रिय स्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विद्यामा उत्कृष्ट भएका विधार्थीलाई उक्त सम्मेलनमा पठाईएको थियो ।

सम्मेलनमा विश्वभरका २३ राष्ट्रका युवा वैज्ञानिकहरुले प्रतिस्पर्धा गरेका थिए ।सम्मेलनबाट नेपाली वैज्ञानिकको टोली सोमबार स्वदेश फर्किएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.