www.tandavnews.com
Fact ~ In search of truth

‘यस्तै त होनि ब्रो’रिलिजको झण्डै पाँच महिनापछि पक्राउ परे ‘भिटेन’

काठमाडौं ।

पछिल्लो समय युवापुस्ता माझ निकै चर्चा कमाइरहेका र्‍यापर भिटेन पक्राउ परेका छन् । गीतमा संस्कृति भड्काउने शब्द प्रयोग गरेको भन्दै केही दिन अघि गायक दुर्गेश थापा पक्राउ परे लगत्तै भिटेन पक्राउ परेका हुन् ।

‘हामी यस्तै त होनि ब्रो’ भन्‍ने र्‍यापबाट चर्चाको शिखरमा पुगेका भिटेन उर्फ समिर घिसिङलाई प्रहरीलाई डन्ठे,पुलिस चौकी भित्र गर्छु दारु खादै मस्ती लगायतका आपत्तिजनक शब्दहरु प्रयोग भएको भन्दै पक्राउ गरेको हो।

गीत रिलिज भएको झन्डै १० महिना पछि भिटेन पक्राउ परेका हुन्।महानगरीय अपराध महाशाखाले उनलाई जावलाखेलबाट पक्राउ गरिएको जानकारी दिइएको छ।

घिसिङले गीतमार्फत् अश्लिलता फैलाएको अभियोग छ। उनले गाएका गीतमा प्रहरी जेल भित्र गाँजा खाँदै मस्तीु, प्रहरी पोशाक लगाएर प्रहरीलाई डण्ठे शब्द प्रयोग गरेका थिए। उनलाई कानुनी कारबाहीका लागि अगाडी बढाइएको प्रहरीले दिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.