www.tandavnews.com
Fact ~ In search of truth

आज भारीदेखि अति भारी वर्षाको सम्भावना

आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले आज दिउँसो प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने अति भारी वर्षा हुँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै राति प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा निकै भारी वर्षा हुँदा प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । अरु धेरै ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ठूलो पानी पर्ने क्रम शनिबारसम्म नै चल्ने भएकाले बाढी पहिरोको जोखिम बढ्नेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.