www.tandavnews.com
Fact ~ In search of truth

कास्कीःविकासका योजना कार्तिक २२ गतेभित्र पेश गर्न सांसद कृष्ण थापाको आग्रह

पोखरा ।

 

कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) का लागि प्रदेश सरकारबाट आएको रकमबारे सांसद कृष्ण थापाले छलफल गरेका छन् ।

प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २(१) लाई २ करोड रकम उपलब्ध गराएको छ । निर्वाचन क्षेत्र नम्बर २(१) अन्तर्गत पर्ने वडाहरु ७, १५,१७,२१ र २३ नम्बर वडाका निर्वाचित वडाध्यक्ष, सदस्य, त्यस क्षेत्रका पार्टीमा रहेका पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, पार्टीका वडाध्यक्ष र सचिवहरुसगँ सांसद थापाले पूर्वाधार विकासबारे सुझाव लिएका थिए ।

Batas

सांसद थापाले जनताको मर्म र भावनालाई बुझेर आ–आफ्ना वडाबाट विकास योजना यहि कार्तिक २२ गते भित्र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय कास्की क्षेत्र नम्बर २(१) गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालयमा बुझाउन आग्रह गरेका छन् ।

कार्तिक मसान्तभित्र आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकासका योजनाहरु प्रदेश सरकारलाई बुझाइसक्नु पर्ने भएकाले २२ गते नै सबै योजना पूर्वाधार विकास कार्यालयमा बुझाउन थापाले अनुरोध गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.