www.tandavnews.com
Fact ~ In search of truth

वृद्धवृद्धाको सरकारसँग गुनासो: ‘हाम्रा माग सुनुवाई भएन’

काठमाडौं ।

Lama collectio News Middle

सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् ।

देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत आठ वर्षदेखि संघर्ष गर्दै आए पनि सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायतका माग पूरा हुननसकेको अग्रज सेवा नेपालका उपाध्यक्ष प्रभा लम्सालले गुनासो पोखे ।

‘हामीले सम्पूर्ण वृद्धवृद्धाको अधिकार प्राप्तिका लागि सडकमा संघर्ष गर्यौँ, तर त्यसको परिणाम हामीले सोचेजस्तो भएन’, लम्सालले भने । आफ्ना सम्पूर्ण माग पूरा नभएसम्म संघर्ष जारी राख्ने उनी बताउँछन्।

नेपाल सरकारले वृद्धभत्तामा वृद्धि, सार्वजनिक यातायातमा छुट, स्वास्थ्योपचारमा छुटलगायतको नीति ल्याएको छ । तर कार्यान्वयनको पाटो भने फितलो रहेको लम्सालले दुखेसो पोखे । अग्रज सेवा नेपालको संघर्षबाट केही उपलब्धीहरु प्राप्त भए पनि केही उपलब्धी अझै प्राप्त हुन बाँकी रहेको समाज नेपालका अर्का उपाध्यक्ष हरिप्रसाद भट्टराई बताउँछन्।

‘वृद्धवृद्धा भनेका उपत्यकाभित्र मात्र बस्ने होइनन्’, उनी थप्छन्, ‘अन्य ठाउँमा बस्ने वृद्धवृद्धाले पनि समान अधिकार पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ अग्रज समाज नेपालले समय–समयमा विभिन्न मन्त्रालयसँग वृद्धवृद्धाको हकहितका निम्ति अन्तरक्रिया राख्दै आएको छ । पाँच वर्षभित्रमा पाँच हजार वृद्धभत्ता पुर्याउने सरकारको प्रतिबद्धताअनुरुप अहिले दुई हजारबाट तीन हजार ३०० पुगिसकेको छ ।

स्वास्थ्योपचारका क्रममा काठमाडौँस्थित वीर अस्पतालबाट वृद्धवृद्धालाई ५० प्रतिशत छुटको व्यवस्था गरिए पनि देशभरका वृद्धवृद्धाले कुन–कुन अस्पतालबाट सुविधा पाउने भन्ने सरकारले मस्यौदामा उल्लेख नगरेको समाजका अध्यक्ष महाप्रसाद पराजुलीले बताए।

सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायत अन्य विविध क्षेत्रमा छुटको व्यवस्थासमेत सरकारले देशव्यापीरूपमा कार्यान्वयनमा ल्याउन नसक्नु लज्जास्पद रहेको उनको ठहर छ । उनी भन्छन्, ‘सरकारले हाम्रो कुरा सुन्नै चाहेन ।’ सरकारले नीति ल्याए पनि कार्यान्वयनको पाटो फितलो रहेको उनको ठहर छ ।

समाजले आफ्नो माग सुनुवाइ नभए थप संघर्ष गर्ने तयारी गरिसकेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop