www.tandavnews.com
Fact ~ In search of truth

धादिङबाट तीन किलोग्राम चरेससहित एक पक्राउ

काठमाडौं ।

 

नेपाल प्रहरीले तीन किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ जादैँ गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरेको हो ।

Batas

प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले कालो झोलामा चरेस लुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सिञ्जालीमगरलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको खड्काले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.