www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘भेटेरिनरी एशोसियसनको अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु, प्रचण्डले गरे उद्घाटन

सुशान्त गाहा मगर,

ताण्डव न्यूज।

पोखरामा ‘विकासशील राष्ट्रका लागि दिगो पशुपालन अन्र्तराष्ट्रिय सम्मेलन’ सुरु भएको छ ।

Batas

नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी २५ गते सम्म सञ्चालन हुने ७ औँ संस्करणको ‘विकासशिल राष्ट्रका लागि दिगो पशुपालन अन्तर्राष्ट्रिय सम्मेलन’ आज (शुक्रबार) बाट शुरु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उक्त सम्मेलनको विधिवत उद्घाटन गरे ।सो अवसरमा बोल्दै अध्यक्ष दाहालले विभिन्न मुलुकका विशेष व्यक्तित्वहरुको सहभागिता रहेको सम्मेलनलको फरक महत्व रहेको उल्लेख गरे ।

उनले नेपाली राजनैतिक अवस्थाको विवेचना गर्दै नेपाल सरकार र सम्पूर्ण राजनैतिक दलहरु आर्थिक विकास, समृद्ध नेपाल र दिगो कृषि विकासका प्राप्तिमा लागि परेको बताए । उनले कृषि तथा पशुपालनको क्षेत्रमा दिगो विकास र आधुनिकिकरणको लागि पहल हुने गरेको बताउँदै नीतिगत रुपमै लागेको धारणा समेत व्यक्त गरेका थिए ।

आगामी २५ गते सम्म सञ्चालन हुने उक्त सम्मेलनमा ४ महादेशका ४ राष्ट्रका ४०० प्रतिनिधिहरुको सहभागिता रहेको नेपाल भेटेरिनरी एशोसियसनका अध्यक्ष डाक्टर ग्रीष्म न्यौपानेले बताए ।

उनका अनुसार सो सम्मेलनमा भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, चीन, थाईल्याण्ड, मलेसिया, भियतनाम, अमेरिका, क्यानडा, फ्रान्स, स्पेन लगायतका मुकुकका पशु विज्ञ, मत्स्य क्षेत्रका विज्ञहरु, पशु चिकित्सा, प्राध्यापक उद्यमी तथा कृषकहरुको सहभागिता रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.