www.tandavnews.com
Fact ~ In search of truth

उम्मेदवारकाे अन्तिम नामावली आज प्रकाशन हुँदै 

पाेखरा ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनकाे लागि उमेद्वार मनाेनयन गरेकाहरूकाे अन्तिम नियमावली आज प्रकाशन हुँदै छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको अन्तिम नामावली आज प्रकाशित गर्न लागेकाे हाे । शुक्रबार उमेद्वार विरूद्द उजुरी गर्न पाइने समय थियाे । कास्कीमा उमेद्वार विरूद्द कुनै पनि उजुरी नपरेकाे निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।

Batas

प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनीधि सभा सदस्यकाे लागि कास्की २ मा मात्र उपनिर्वाचन हुँदैछ । यहाँ तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीकाे हेलीकाेप्टर दुर्घटनामा निधन भएपछि उहाँ उपनिर्वाचन हुन लागेकाे हाे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.