www.tandavnews.com
Fact ~ In search of truth

१३ औं साग अन्तर्गत पोखरामा ८ खेल, प्रतिष्पर्धी नहुँदा प्याराग्लाइडिङ नहुने

पोखरा ।

दक्षिण यसियाली खेलकुद (साग) को १३ औं संस्करण अन्र्तगत पोखरामा जम्मा ८ खेल मात्रै हुने भएको छ ।

पोखरा सराङकोटको तोरीपानीमा हुने भनिएको प्याराग्लाइडिङ खेलका लागि प्रतिष्पर्धी नभएर खेल नहुने भएपछि ८ खेल मात्रै हुने भएको हो ।नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतको अनुसार नाम दर्ता गर्न हिजो (बुधबार)सम्म अन्तिम समय तोकिएकोमा नेपाल र पाकिस्तानबाहेक तेस्रो राष्ट्र सहभागी भएनन् ।

तेस्रो राष्ट्रले खेलाडी दर्ता नगरेपछि प्रतियोगिता नहुने निश्चित भएको हो ।महासचिव रावतको अनुसार पाकिस्तानबाट जम्मा २ जना खेलाडीको नाम दर्ता भएको छ । प्रतियोगितामा भाग लिन ५ पुरुष र ३ महिला अनिवार्य हुनुपर्छ। सागको नियम अनुसार प्रतियोगिता हुन कम्तीमा ३ राष्ट्र सहभागी हुनुपर्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.