www.tandavnews.com
Fact ~ In search of truth

केपी ओलीले बाहिर राष्ट्रवादको डङ्का पिटे, विदेशी सामु लत्रक्क परे : बाबुराम भट्टराई

पोखरा ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद नक्कली राष्ट्रवाद भएको आरोप लगाएका छन् ।

आइतबार पोखरामा संघीय समाजवादी पार्टीका उमेद्वार धर्मराज गुरुङलाई भोट माग्न आयोजित सभालाई सम्बोधन गर्दै उनले केपी ओलीले जनताको अगाडी तिघ्रा ठटाएर राष्ट्रवादको शंका पिटेको आरोप लगाएका हुन ।

‘जनताको अगाडी आएर तिघ्रा ठटाएर राष्ट्रवादी भन्ने आन्तरिकरुपमा लत्र्याक्क परेर केहि पनि माखो नमार्ने यस्ता पाखण्डी अन्धा राष्ट्रवादीहरुबाट तपाइँ हामी बँच्न जरुरी छ,’ केपी ओलीलाई इंकित गर्दै भट्टाईले भने, ‘तर, यहाँका शासकहरु बाहिर बाहिर जनतालाई राष्ट्रियताको चर्को डङ्का पिट्ने र भित्रभित्र विदेशीशक्तिसँग झुकेर आफ्नो देशको भूमी सुम्पने काम राजा महेन्द्र देखि अहिलेका केपी ओलीसम्मले गरेका छन् ।

त्यस्तो राष्ट्रवादको नारा उठाउने मान्छेले यो विषयमा किन केहि गरिराख्नु भएको छैन रु’ उनले समाजवादी पार्टीले प्रकारको अन्धराष्ट्रवादी बाटो होइन देशभत्तिपूर्ण बाटो लिएको दाबी गरे ।

त्यस्तै वर्तमान सरकारले भारतिय नक्साको विषयमा कुटनीतिक नोट पठाएको बारे पनि उनले टिप्पणी गरे । भारतलाई सिधा भन्न सक्नुपर्ने भट्टराईले बताए । ‘बाहिर राष्ट्रबाटको डङ्का पिट्ने भित्र सत्ताको डरले लत्रक्क परेर लत्रेर बस्ने । यस्तोखालको नक्कली राष्ट्रवादबाट हामी कहिले मुक्त हुने रु’ उनले भने ।

नेपालको सार्वभौमसत्ता, नेपालको स्वाधिनता मुटुभन्दा प्यारो विषय रहेको भट्टाईको तर्क थियो । ‘राष्ट्रियता र स्वाधिनताको प्रश्न जहिले पनि अहम प्रश्न हुन आउँछ ।तर, अहिले नेकपाका नेता खास गरी वर्तमान प्रधानमन्त्रीले जनताको स्वाधिनता र सार्वभौसत्ताको दोहन गरेका छन्,’ उनले भने, ‘कालापानी लिपुलेकको विषय उठिरहेको छ, कालापनीमा ६० वर्ष देखि भारतीय सेना त्यहाँ आएर बसिराखेको छ ।

लिपुलेक देखि लिम्पीयाधुरासम्मको क्षेत्र जो कालीनदीको सुगौलीसन्धीले सिमाना निर्माण गरेको छ । त्यो भन्दा पूर्वको भूभाग नेपाली भूभाग हो भनेर सुगौलीसन्धीको धारा ५ मा प्रष्ट लेखेको छ ।’गत भदौ २३ मा बोलाइएको पूर्वप्रधानमन्त्रीहरुको भेलामा आफुले देशको भूमि रक्षा गर्न सिधै नरेन्द्र मोदीसँग वार्ता गर्न सुझाब दिएको बताए । कर्मचारी संयन्त्रबाट यो समस्याको हल नहुने उनको भनाई छ ।

उनले मंसिर १४ को निर्वाचन उपनिर्वाचन मात्रै राजनीतिक महत्वका निर्वाचन रहेको बताए । ‘प्रतिनीधि सभाको लागि कास्की २ मा मात्रै उपनिर्वाचन हुँदैछ । एउटा सीटले के फरक पार्छ भन्ने तपाईहरुलाई लाग्न सक्छ,’ उनले भने, ‘इतिहासका यस्ता खासखास मोड हुन्छन् ।

जहाँ सानो झिल्कोले डढेलो लगाउन भनेजस्तै तपाइँहरुको एउटा सुझबुझपूर्ण निर्णयले नेपालको इतिहासको कोल्टे फेर्न सक्छ त्यसैले यो निर्वाचन हामीले अत्यन्त महत्वको साथ हेरेका छौँ । तपाइँहरुको आजको उपस्थितीले आउँदो १४ गते सबैलाई चकित पर्ने निर्णय गर्दै हुनुहुन्छ भन्ने आशा मिलेको छ ।’ नेकपा र कांग्रेसलाई धेरै पटक जनताले प्रयोग गरिसकेको उनको भनाई छ ।

‘पुराना पार्टीले समय अनुसार आफुलाई परिवर्तन गर्न सक्दैनन् । त्यतिबेला दुरगामी सोँच राख्ने मानिसहरुले, समयको आवश्यकतालाई बुझ्ने मानिसहरुले, देशको आवश्यकता बुझ्ने मानिसहरुले नयाँ पहल लिन्छन्,’ उनले भने, ‘अब कांग्रेस र कम्यूनिष्टले देश अघि बढ्न सक्दैन भन्ने निचोडमा जनताहरु पुग्न जरुरी रहेको छ ।’

१० जोड १ को प्रदेशहरु राज्य पुर्नसंचनामा हुनुपर्ने उनले बताए । कांग्रेस र कम्यूनिष्टलाई अब बेहोर्न नसक्ने उनको तर्क थियो । विपीको पुस्ता सकिएपछि कांग्रेस थाकेर कता जाने अबस्थामा पुगेको उनको भनाई छ । त्यस्तै नेकपाको सरकारले दुई वर्ष केहि नगरेको उनको आरोप छ ।

‘कम्यूनिष्ट पार्टीकै महासचिबले वालुवाटारको जग्गा कब्जा गरेको तथ्यले देखाएको छ । उनी अहिले त्यो बाट भाग्न खोज्दै हुनुहुन्छ,’ उनले थपे, ‘रबिन्द्र अधिकारीजी जानु भो उनलाई कुनै पनि तरिकाले आरोपीत गर्ने मेरो मनसाय छैन सायद उहाँ रहनु भएको भए केहि गर्नुहुन्थ्यो की म अपेक्षा गर्छु । तर, वाइडबडी प्रकरणमा सत्तामा भएकाहरुले नै अर्वौ भ्रष्टाचार गरे ।’

उनले कम्यूनिष्टहरुले नै ३३ किलो सुन लुकाएको आरोप लगाए । बुढीगण्डकी, एनसिएल प्रकणमा मिलिमतो कम्यूनिष्टहरुकै रहेको आरोप समेत उनले लगाउन भ्याए । ‘

कम्यूनिष्टहरुको उठबस हेर्नुस कमिसनखोर र भ्रष्टचारीसँग भएको छ,’ उनले भने, ‘अर्बौ भ्रष्टाचार गर्नेहरुले पोखराका सुकुम्बासीलाई किन ब्यवस्थावन गर्दैनन् ? जबकी संविधानमै सबै नागरिकको आवास होस भन्ने कुरा उल्लेख गरेको छ । त्यसैले यो चुनावमा नयाँ मौका आएको छ

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.