www.tandavnews.com
Fact ~ In search of truth

पर्वत :फलेवास मेलामा दर्शकको घुईचो

पर्वत ।

पर्वतमा जारी फलेवास व्यापारिक कृषि खेलकुद तथा साँस्कृतिक मेला २०७६ मा दर्शकको भिड दिनदिनै बढेको छ ।

यूनाईटेड स्पोर्टस क्लव देविस्थानको आयोजनामा मंसिर १९ गतेदेखि महोत्सव जारी रहेको छ । महोत्सवको तेस्रो दिन हिजो (शनिवार) सार्वजनिक बिदा परेकोले दर्शकको भिड अत्यधिक बढेको आयोजक क्लबले जानकारी दिएको छ ।

Batas

हिजो मात्रै हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेको आयोजकले जनाएको छ । कृषि, स्थानीय उत्पादन, पर्यटनको विकासलाई जोड दिँदै हरेक वर्ष क्लबले मेला आयोजना गर्दै आएको छ ।

स्थानीय कला र वस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिन तथा नगरपालिकाका ११ ओटै वडाहरुसहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाईने जनाइएको छ । मेलामा बाल उद्यान,स्थानीय तथा राष्ट्रिय कलाकारहरुका साँगितिक तथा हास्य प्रस्तुतीहरु प्रस्तुत हुदैँ आएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.