www.tandavnews.com
Fact ~ In search of truth

चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर

काठमाडौँ ।
चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ ।
Batas
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिए । उनका अनुसार चाडपर्वमा घटना, दुर्घटना तथा आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी सुरक्षा योजना बनाएर लागू गर्न भनिएको छ ।
विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिन्छ भने सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलापहरू रोक्न लागि प्रहरीलाई चुस्त रूपमा परिचालन गर्ने गरिन्छ ।
प्रवक्ता कडायतले केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले समेत आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी अब छिट्टै लागू गर्ने पनि बताए । उनले यो समयमा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरी साविकभन्दा सुरक्षाकर्मीका सङ्ख्या बढाइने बताए । चाडबाडलाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरी अहोरात्र खटिने पनि उनले बताए ।

रासस

–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.