www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्डको प्रहारप्रति विश्व प्रकाशको आपत्ति

पोखरा ।

उपनिर्वाचन नजिकिदैँ गर्दा यतिबेला पोखरामा पार्टीका शिर्ष नेता चनावी सभा सम्बोधनका लागि पोखरा आइरहेका छन् ।

चुनावी सभामा एक अर्का पार्टीबीच आरोपप्रत्यारोप र जुहारी चलिरहेको छ । यसैबीच पोखरामा आज (बुधबार) भएको सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस उम्मेदवारप्रति गरेको प्रहारमाथि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्।

Batas

प्रचण्डले कांग्रेसका उम्मेदवार खेमराज पौडेलमाथि प्रहार गर्दै दिएको भाषणको ट्विटरमार्फत खण्डन गर्दै आपत्ति जनाएका हुन् । प्रचण्डले प्रधानमन्त्रीलाई बिदा दिनुपर्छ भनेकाहरुले देवघाटतिर जाने उमेरका ७७ वर्षका बुढालाई चुनावका लागि अघि सारेको भन्दै व्यंग्यात्मक प्रहार गरेका थिए ।

यही भनाईलाई खण्डन गर्दै कांग्रेसका प्रवक्ता शर्माले प्रचण्डको उचाइ र उमेरले यस्तो बोल्नु शोभनीय नभएको तर्क गरेका छन्। उनले ट्विटमा लेखेका छन्, ‘देवघाट पठाउने उमेरमा सांसद ? प्रचण्डले आज पोखरामा भन्‍नुभो।

कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ? ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्‍न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले चाहिँ सांसद हुन किन नमिल्ने ?’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.