www.tandavnews.com
Fact ~ In search of truth

साग महिला फुटबल :भण्डारीको ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको महिला फुटबल अन्तर्गत नेपाल ले माल्दिभ्सलाई पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ ।

पोखारा रङ्शालामा आज (बिहीबारं) माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाली महिला टोली तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो । नेपालका लागि सावित्रा भण्डारंी (साम्बा) ले ह्याट्रिक गरिन् ।

Batas

पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । उनले १८ औं मिनेटमा पहिलो र २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो गोलले उनलाई नेपालको सर्वाधिक गोलकर्ता बनायो ।

यसअघि भारतले श्रीलङ्कालाई ५–० र माल्दििभ्सलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाईनको यात्रा तय गरिसकोको छ । नेपालले फाईनलमा भारतसँग भिड्ने छ ।

योसँगै नेपाल र भारतको फाईनलमा तेस्रो पटक फाईनलमा प्रतिस्पर्धा हुदैछ । यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । यसपटक पनि दुवै टोलीले राउन्ड रोविन लिगको एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

यसअघिका दुवै संस्करणमा भारत बिजयी हुदै स्वर्ण पदक हाप पारिसकेको छ भने नेपालले रजत पदकमा चित्त बुझाएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.