www.tandavnews.com
Fact ~ In search of truth

रामघाटमा तीजगित प्रतियोगिता सम्पन्न ,हेम्जाको कामधेनु महिला समुहले जित्यो पहिलो पुरस्कार ।

पाेखरा।
भाद्र शुक्ल तृतियाका दिन मनाईने नेपाली नारीहरुको महान पर्व हरितालिका तिज को अवसरमा पोखरा १० रामघाट स्थित शिव मन्दिर गितामन्दिर परिसरमा बृहत तिजगित प्रतियोगिता सम्पन्न भयो ।

हरेक बर्ष तिज कै दिनमा यस स्थानमा तिजगित प्रतियोगिता हुने गर्दछ । कोभिड १९, कोरोना भाईरसका कारण केहि बर्ष सम्पन्न हुन नसकेको तिजगित प्रतियोगिता यस पटक गिताशान्ति मार्ग महिला समूहको आयोजनामा सम्पन्न भएको हो ।

छोटो समय ,एक साताको तयारीले प्रतियोगिता सम्पन्न गरिएको र अन्तिम अवस्था सम्म कोभिड १९ को पछिल्लो भेरियन्टले त्रसित रहेको अवस्था साथै बिबिध चुनौतीका बाबजुत पनि कार्यक्रम सम्पन्न गर्न सफल भएको आयोजक संस्थाकी अध्यक्ष शान्ति सुवेदीले बताईन ।

Batas

कुल १८ समूहको सहभागिता रहेको प्रतियोगितामा हेम्जा कामधेनु महिला कृषक समुह प्रथम हुन सफल भयो । बिजयी समुहलाई रु १५ हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै ईन्जिनियरीड. कलेज समुह दोस्रो , संजिवनी नारी समुह बैदाम तेस्रो र अमरसिंह दिदीबहिनी समुह सान्त्वना भएका थिए । त्यस्तै उत्कृष्ठ भेषभुषमा सिद्धाश्रम शक्ति केन्द्र र उत्कृष्ट दर्शक नृत्यमा रमिला साकीले पुरस्कार प्राप्त गरे । त्यस्तै वालिका नृत्य प्रोत्साहन पुरस्कार सबिज्ञा घिमिरेले प्राप्त गरिन ।

रामघाट क्षेत्र पोखरा कै एक प्रशिद्ध धामिक तथा एैतिहांसीक स्थल पनि हो । यस स्थानमा पौराणिक काल देखि नै समुह समुहमा तिज गित गाउने प्रचलन रहेकोमा केहि बर्ष देखि प्रतियागितात्मक रुपमा नै कार्यक्रमको आयोजना हुदै आएको छ ।

साथै तिज, बिशेष महिलाहरुको पर्व भएको र यो संस्कृतीलाई जिवन्त राख्नका लागि युवा पिडींहरुले यस्लाई अनुसरण गर्न जरुरी भएको महशुस गरी समाजसेवी तथा संचारकर्मी सगरमाथा टेलिभिजनका गण्डकी संवादाता पोखरा १० रामघाट निवासी तुलसीराम सुवेदीले बताएका छन् ।

संस्थाकी अध्यक्ष शान्ति सुवेदीको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि आजिबन प्रथम पुरस्कारदाता सरिता कार्की रहेकी थिईन भने अधिवक्ता तथा कलाकार दुर्गा कोईरालाले कार्यक्रम संचालन सहित निर्णायकको भुमिका निभाएका थिए ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष मन्जु भण्डारीले स्वागत मन्तब्य राखेकी थिईन भने संस्थापक अध्यक्ष निर्मला कार्की भण्डारीले समग्र कार्यक्रमका बारेमा जानाकारी गराएकी थिईन ।

कार्यक्रममा नेपाली कांग्रेस वडा नं १० का सभापती दिपक बहादुर कार्की, नेकपा एमाले वडा नं १० का अध्यक्ष सुर्य बानिया , आजिवन पुरस्कार दाता समाजसेवी डा. बिनिता कोईराला लगायत ले शुभकामना दिएका थिए ।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.