www.tandavnews.com
Fact ~ In search of truth

साम्बा टाइम्स : हेरौँ १३ फोटोमा साबित्राका १३ मुभ्स

माधव भुसाल
पोखरा,
ताण्डव न्यूज ।

बिहीबार पोखरा रंगशालामा अरु दिनका खेलहरुमा भन्दा बढी दर्शक थिए । त्यसो त फुटबललाई विश्वकै बढी फ्यान फलोइङ भएको खेल पनि भनिन्छ । कारण यहि हुनसक्छ, दर्शक ओइरिएका थिए ।

खेल थियो साग अन्तर्गत नेपाल र माल्दिभ्स बिचको महिला फुटबल । सुरुवातसँगै नेपाल माल्दिभ्समाथी हावी भइरह्यो । अन्तिम समयसम्मै माल्दिभ्सका खेलाडीहरु डिफेन्समात्र गरिरहे ।

Batas

नेपालका लागि गोल मेसिन भनेर पनि चिनिएकी साबित्रा भण्डारी(साम्बा)ले ह्याट्रीक हानीन् । नेपालले १६ औं मिनेटमा साबित्राको गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतको पासमा उनले हेड गोल गरिन् । चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् ।

खेलको इन्जुरी टाइम (९१ मिनेट) मा साबित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसमा उनैले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेकी सावित्राले नेपालका लागि सर्वा्धिक गोलको कीर्तिमान बनाएकी छिन् ।

उनले नेपालका लागि ३८ गोल गरेकी हुन् । बिहीबार गोल गर्ने्बित्तिकै उनले अनु लामाको ३५ गोलको कीर्तिमान तोडेकी थिइन् ।

हेरौँ बिहीबार पोखरा रंगशालामा माल्दिभ्स विरुद्ध उत्रिएकी साम्बाका १३ फोटो :

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.