www.tandavnews.com
Fact ~ In search of truth

सागः भरिदैँ पोखरा रंगशाला

पोखरा,
ताण्डव न्युज ।

१३ औँ साग अन्तर्गत पोखरामा आज हुने महिला फुटबल प्रतियोगिताको फाइन खेल हेर्नका लागि पोखरा रंगशालामा दर्शकको बाक्लो उपस्थितीले भरिभराउ हुन थालेको छ ।

आज नेपाल र भारतबीच उपाधिका लागि प्रतिष्पर्धा हुदैँछ । दिउँसो १ बजेदेखि सुरु हुने खेल हेर्नका लागि बिहानै देखि दर्शक रंगशाला पुगि सकेका छन् । सिट र टिकट नपाउने सम्भावना बढेपछि दर्शक खेल सुरु हुनु अगावै रगंशाला पुगेका छन्। आज ४ हजार टिकट बिक्री हुने अपेक्षा रहेको छ ।

Batas

खेल सुरु हुने समय नजिकिदैँ गर्दा टिकट सकिनै लागेको जनाइएको छ । घरेलु मैदानमा आज नेपाललाई स्वर्ण पदक जित्ने अवसर मिलेको छ । अन्तर्राष्ट्रिय स्पर्धामा जहिले पनि भारतसँग पराजित हुँदै आएको अवस्थालाई तोड्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने निश्चित छ।

घेरलु मैदान र दर्शकको बाक्लो उपस्थितिले नेपाली टोलीको मनोबल उच्च बनाउने छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.