www.tandavnews.com
Fact ~ In search of truth

वीरगन्जमा कोठाभित्र सडेको अवस्थामा आमाछोरीको शव

वीरगन्ज ।

पर्साको वीरगन्जमा बन्द कोठाभित्र आमाछोरी मृत अवस्थामा भेटिएका छन्।वीरगन्ज महानगरपालिका वडा नम्बर १२, मुर्ली नयाँ टोलस्थित एक घरको ताला लगाइएको कोठाभित्र २२ वर्षकी महिला र २ वर्षीया उनकी छोरीको शव फेला परेका हुन्।

प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका २६ सिसुवा महेशपुर घर भई वीरगन्जको मुर्ली, नयाँ टोलस्थित मोहन झाको घरमा कोठाभाडा लिएर बसेका पवन साहका श्रीमती र छोरी मृत अवस्थामा फेला परेका हुन्।

Batas

शव भेटिएको कोठामा ताला लागेको थियो भने पवन फरार छन्। पर्सा जिल्ला प्रहरी कार्यालयले दुवै शव सडेको अवस्थामा फेला परेको जानकारी दिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.