www.tandavnews.com
Fact ~ In search of truth

नवौँ राष्ट्रिय खेलकुदमा बाघचाललाई समावेश गर्न माग

काठमाडौं ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ । नेपालका मौलिक खेलहरुको पुनःजागरणका लागि सरकार तथा अन्य सरोकार भएका निकायलाई पहल गर्न अनुरोध गर्दै पार्टीले त्यसका लागि सहयोग गर्न तयार रहेको जनाएको छ ।

पार्टीका खेलकुद विभाग संयोजक प्रवीण बस्नेतले विज्ञप्ति जारी गर्दै नेपालका मौलिक खेललाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरेर मौलिक खेलको पुनःजागरण गर्नुपर्ने उल्लेख गरेका छन् ।

पार्टीले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा ५१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गर्न सफल भएकामा नेपाली खेलाडीलाई बधाई दिएको छ । साग खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारलगायत सबै सरोकार भएका खेलकुद पदाधिकारी, खेलाडी, सुरक्षा निकायलाई पार्टीले धन्यवाद ज्ञापन गरेको छ ।

साग खेलकुदमा भएका कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा खेलसम्बन्धी भौतिक सामग्री तथा पूर्वाधार व्यवस्थापन र नेपालको खेल क्षेत्रको विकासका निम्ति दीर्घकालीन योजना निर्माण गर्न सरकारको ध्यान आकर्षण गराइएको संयोजक बस्नेतले बताए।

नेपालमा अझै पनि खेल खेलेरै जीवन निर्वाह गर्न सकिने वातावरण निर्माण गर्न नसकिएको वास्तविकतालाई स्वीकार गर्दै आवश्यक नीति निर्माण गर्न पनि पार्टीले माग गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.