www.tandavnews.com
Fact ~ In search of truth

असल कृषि फार्म गणना प्रारम्भ

काठमाडौं ।

Lama collectio News Middle

उपभोक्ताको स्वास्थ्यमा ध्यान दिने किसान र फार्म सञ्चालकलाई प्रोत्साहान गर्न ‘असल कृषि फार्म’गणना प्रारम्भ गरिएको छ ।

कृषि परियोजना टीकाथली, विशेष सदाबहार कृषि फार्म, रामकोट र मैत्रीमङ्गलम् अर्गानिक कृषि फार्म रामकोटलाई पहिलो चरणमा असल कृषि फार्म घोषणा गर्न लागिएको हो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले ती फार्मले ‘असल कृषि अभ्यास लागू गरी उत्पादन गरेका थिए । मानव स्वास्थ्यमा प्रतिकूल असर नपुग्ने गरी प्राङ्गारिक मापदण्डअनुरुप तरकारी तथा खाद्यान्न उत्पादन गरेकाले फार्र्मलाई असल कृषि फार्म घोषणा गर्न लागिएको विभागका महानिर्देशक डा .मतिना वैद्यले जानकारी दिए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘असल कृषि अभ्यास मापदण्ड कार्यान्वयन निर्देशिका, २०७५’ हालै जारी गरेको थियो । निर्देशिकामा फलफूल तथा तरकारी बालीअन्तर्गत बोडी, सिमी, परवल, भेडेखुर्सानी, काँक्रो, घिराँैला, प्याज, फर्सी, जुगेनी रायो, साग, सुन्तला, आँप र अङ्गुरमा विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरिएको छ ।

यसैगरी मासु तथा मासुजन्यअन्तर्गत कुखुरा, हाँस, टर्की, खसी÷बोका, भेडा, बङ्गुर सुँगुर, खरायो, माछा, झिङ्गे माछा र ट्राउट माछामा विषादीको अधिकतम सीमा निर्देशिकाले तोकेको छ । फलफूल, तरकारी र मासुमा प्रयोग भएको विषादीको अवशेषको सीमा भने राजपत्रमा प्रकाशित हुन ढिलाइ भइरहेको बताइन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery