www.tandavnews.com
Fact ~ In search of truth

पोखरा हमालचोकबाट ६ सय एम्पुल लागूऔषधसहित ४ पक्राउ

पोखरा।

पोखरामा लागू औषधसहित चार जना पक्राउ परेका छन् ।

पोखरा –२७ हमालचोकमा लागू औषध कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाले गए राती लागूऔषध कारोबारीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा रुपेन्देही जिल्ला गैडहबा गाउँपालिका–८ की वर्ष ३६ की गौमती सुनार, रुपन्देही सिदार्थनगर नगरपालिका–१ बेकहियाका २६ वर्षीय प्रकाश पुन

Batas

महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्ड् बजारका वर्ष २८ का महबुब आलम सोही स्थानका वर्ष ३४ का बालेश्वर प्रजापती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।उनीहरुले लुकाई छिपाई राखेको डाईजापाम २०० एम्पुल ,फेनेरागन २०० एम्पुल र नर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागू औषध, भारतिय नगद ११हजार ४० रुपैयाँ र नेपाली नगद ३ हजार २ सय ४५ रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

उनीहरुमाथि थप कानुनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.