www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे प्रदेशस्तरीय फुटबल प्रतियोगिता माघ १ देखि

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा गण्डकी प्रदेशस्तरीय खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

‘स्वस्थ नागरिकका लागि खेलकूद’ भन्ने नारासहित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले स्थानीयस्तरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आगामी माघ १ देखि ६ गतेसम्म दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको जनाएको छ ।

Batas

महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ५५५, ट्रफी तथा उपविजेताले ७७ हजार ७७७ पुरस्कार तथा ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेन्द्र गौतमले जानकारी दिए । त्यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने बताइन्छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न १२ उपसमिति गठन गरेर तयारी तीव्र पारिएको बताउँदै क्लबका अध्यक्ष नीरज शाहीले गण्डकी प्रदेशभित्रका क्लबलाई मात्र सहभागी गराइने बताए।

राष्ट्रपति रनिङशिल्ड माघ १० देखि

माछापुच्छ्रे गाउँपालिकाले आगामी माघ १० देखि १२ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ ।

गाउँपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयबीचको स्पर्धामा विभिन्न एथ्लेटिक्स, भलिबललगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा १००, २००, ४००, ८०० र एक हजार ५०० मिटर छात्रछात्रा दौड, ४०० मिटर छात्रछात्रा रिलेदौड, छात्रछात्रा हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपुट, छात्रछात्रा भलिबल तथा कवड्डी समावेश गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए ।

विद्यालय तहबाट खेलकूद प्रतिभाको खोजी गर्दै संर्वद्धन र प्रर्वद्धन गर्ने लक्ष्यसहित गत वर्षदेखि देशको संघीय संरचनाअनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.