www.tandavnews.com
Fact ~ In search of truth

मैदानमै झगडा गर्ने मछिन्द्र र मनाङका खेलाडीमाथि प्रतिबन्ध

काठमाडौं ।

मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ र्मस्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ ।

एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।

मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । यस्तै जगजित र अशोकलाई जनही १० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै १० हजार जरिवाना गरिएको छ ।

यसैगरी आआफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई ५० हजार जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख छ । डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए ।

खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रंगशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए । यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.