www.tandavnews.com
Fact ~ In search of truth

आश्रमलाई ‘लायन्स पोखरा भिजिट’को सहयोग

पोखरा
ताण्डव न्यूज ।

लायन्स क्लब आफ पोखरा भिजिटले छोरेपाटन स्थित मानव सेवा आश्रममा सहयोग गरेको हो । आज शुक्रबार आश्रम प्राङ्गणमा आयोजित कार्यक्रममा क्लबले २ वटा ‘इलेक्ट्रीक वाटर डिस्पेन्सर’ सहयोग गरेको हो ।

सो अवसरमा बोल्दै डिस्ट्रीक्ट क्याबिनेट सेक्रेटरी बिनोद ढुंगानाले सामाजिक कार्यमा लायन्स सधैं लागिरहने उल्लेख गर्दै आगामी दिनमा अझ बढी कार्यक्रमहरु गर्ने बताए ।

Batas

सहयोग कार्यक्रमका संयोजक राधाकृष्ण बसौलाले वाटर डिस्पेन्सर सहयोग गरिरहँदा खुशी लागेको बताए । इलेक्ट्रीक डिस्पेन्सरमार्फत आश्रममा आश्रय लिइरहेकाहरुले गर्मिमा चिसो र जाडोमा तातो पानी पिउन सहज हुने बताए । आगामी दिनहरुमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउदै बसौलाले आश्रमका सञ्चालकहरुलाई पुण्य कार्यको लागि धन्यवाद दिए ।

क्लबका अध्यक्ष महेन्द्र सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.