www.tandavnews.com
Fact ~ In search of truth

बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

सिन्धुली ।

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत रु १० लाख ५० हजार प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय मरिणले रु १० लाख र घ्याङलेख गाउँपालिकाले रु ५० हजार गरी कूल रु १० लाख ५० हजार प्रदान गरेको डिभिजन वन कार्यालय मरिणका डिभिजन प्रमुख लोकराज नेपालले जानकारी दिए । गाउँपालिका अध्यक्ष जगत् भोलन तथा वडाध्यक्ष विष्णु कर्माचार्यको रोहवरमा मृतककी पत्नी लिलिमाया घिसिङलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले क्षतिपूर्तिवापत सो रकम प्रदान गरेका हुन् ।

Batas

जङ्गली बँदेलको आक्रमणबाट २०७६ भदौ १४ गते स्थानीयवासी ३७ वर्षीय कृष्णबहादुर घिसिङको मृत्यु भएको थियो । आफ्नै बारीमा बाली खान आएका धपाउने क्रममा बँदेलको आक्रमणबाट घिसिङको ज्यान गएको थियो । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.