www.tandavnews.com
Fact ~ In search of truth

खिमविक्रम शाही एक मिनेट पनि सांसद रहन हुन्न: वरिष्ठ नेता पौडेल

काठमाडौं,
ताण्डव न्यूज ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनमोर्चाका सांसद खिमविक्रम शाही एक मिनेट पनि सांसद पदमा रहन नहुने तर्क गरेका छन् ।

आज एक अन्तवार्तामा बोल्दै नेता पौडेलले सत्ताका लागि ठूलो चलखेल भएको भन्दै राष्ट्रिय जनमोर्चा पार्टीको ‘स्वामित्व हरण’ भएको आरोप समेत लगाए । उनी एक मिनेट पनि सांसद रहनु हुन्न‘ । राष्ट्रिय जनमोर्चाले कारबाही चलाउनुपर्छ,’ उनले भने।

Batas

जनमोर्चाका सांसद बिरामी भएर आईसीयूमा भर्ना भएको घटनामा उनले विभिन्न यस्तो आशंका व्यक्त गरेका हुन । कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीलाई आइसीयुमा राखिएको आरोपसमेत उनले लगाए । ’

जनमोर्चा पार्टी कम्पेयरिट्बली नीति, सिद्धान्त र कम विकृति भएको पार्टीको रुपमा हामीले मानेका थियौँ । एमाले पार्टीले त्यसैको पनि सतित्व हरण ग¥यो,’ उनले भने ।

यद्यपी सांसद शाहीले भने आफू गम्भीर विरामी भएर बेहोस भएपछि अस्पतालमा भर्ना भएको भन्दै बक्तव्य नै जारी गरिसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.