www.tandavnews.com
Fact ~ In search of truth

तीन घर जलेर नष्ट

राजविराज । 

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँका छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि एक÷एक घर जलेर नष्ट भएका इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।

आगलागी भने गाईगोठमा बालेको आगोबाट भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । आगलागीबाट तीन जनाको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत करीब रु १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीवासी, प्रहरी र नगरपालिकाबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Batas

यसैबीच आगलागी भएको ठाउँमा पीडितका लागि तत्काल राहत दिनका लागि चिउरा, भुजिया, भुजा तथा त्रिपाल सहयोगका लागि गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।(रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.