www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी रघुगंगामा मोटरबाटो, गाउँले मनाए नाचगान गर्दै खुशीयाली

म्याग्दी ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलबार मोटर बाटो पुर्याएपछि गाउँलेले नाचगान गरेर खुशियाली मनाएका छन् ।

पात्लेखर्कमा ९३ वर्षीय रिबहादुर छन्त्याल पैदल छिचोल्नसमेत मुस्किल पर्ने अक्करे पहाडलाई काटेर मोटरबाटो गाउँमा पुगेपछि हर्षविभोर हुँदै छमछमी पुख्र्यौली नाच नाचे। घरआँगानमै मोटरबाटो पुगेपछि अर्का वृद्ध ८५ वर्षीय चित्रबहादुर पुनसमेत फुरुङ्ग भए ।

Batas

विगतमा सवारीसाधन र मोटरबाटो हेर्न एकदिनको पैदलयात्रा गरेर आउनुपर्ने अवस्थामा गाउँपालिकाले गाउँलाई सडक सञ्जालसँग जोडेपछि पात्लेखर्कका स्थानीयवासीले खुशियाली मनाएका हुन् । ‘गाउँमै मोटरबाटो आयो’, कुइनेमङ्गलेका ८९ वर्षीय तमान छन्त्यालले भने, ‘अब पैदल हिँडेर बजार जानुपर्ने अवस्थाको अन्त्य हुदैछ’,

गाउँपालिकाभित्रका सबै बस्तीलाई सडक सञ्जालले जोड्ने योजनाअन्तर्गत १४ लाखको लागतमा साढे चार किलोमिटर सडकको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाभित्रका जनताको आधारभूत आवश्यकता पूरा गर्ने बताए । ‘गाउँमा सडक पुगेपछि तपाईहरुको अनुहारमा मैले चमकदेखेँ’, प्रमुख भण्डारीले भने, ‘यसलाई कमी हुन दिने छैन’,

उनले विकट बस्तीमा सडक प्राथमिकतामा परेको बताउनुभयो । सोही अवसरमा नेपाली काँग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्की, गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, काँग्रेसका युवा नेता एवं स्थानीय ओम छन्त्यालले गाउँलेको खुशियालीमा साथ दिएका थिए। कुइनेमङ्गलेको पात्लेखर्क जिल्लाकै दुर्गम बस्ती हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.